२२ असार २०८३, सोमबार

मनाङमा नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए शपथ

मनाङमा नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए शपथ

सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो । 

दुई पालिकामा नेकपा (एमाले) तथा दुई पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेका हुन् । एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले शपथ लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै कांग्रेसबाट निर्वाचित नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले शपथ लिएका छन् । 

एमाले तथा कांग्रेसबाट निर्वाचित अध्यक्षहरुले फरक–फरक दिनमा शपथ लिएको जनाइएको छ । 

त्यसैगरी पालिका अध्यक्षहरूले शपथ लिएसँगै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यले पनि बुधवार शपथ लिएका छन् । शपथ लिएसँगै पालिका तथा वडामा कार्यको थालनी गरिएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्