
मोरङको गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरीले आठ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले पाँच हजार ३५० मत ल्याए ।
उपाध्यक्षमा नेकपा एमालेका अनिताकुमारी साहले सात हजार ८१५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको प्रतिस्पर्धी कांग्रेसका राजकुमारी चौधरीले पाँच हजार ८३८ प्राप्त गरेकी छन् । छ वटा वडा रहेको यस गाउँपालिकामा पाँच वटा वडामा वडाध्यक्ष एमाले र एकमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।