
ललितपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म कुल ४४८९९ मत गणना सम्पन्न भएको छ । पछिल्लो मतपरिणमअनुसार नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । गठबन्धनको समर्थनमा मेयर उम्मेदवार उनले १० हजार बढी मतको अग्रता बनाएका छन् ।
महर्जनले २२७२३ मत पाउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२५१३ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादीका उम्मेदवारले ७९०० मत पाउँदा एमालेका उम्मेदवारले १२५२१ मत पाएका छन् ।