
काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान १० बजेसम्ममा ७३ हजार १०९ मत गणना भएको छ ।
जारी मतगणनामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार २२३ मतसहित अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापतिले १४ हजार ७८१ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ८३३ मत ल्याएकी छन् ।
स्थापितसँग साहले १२ हजार ४२२ मत अन्तर कायम गरेका छन् ।
यस्तै महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले २७ हजार २६० मतसहित अग्रता कायम राखेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ८०२ मत ल्याएका छन् ।