
कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा महिला उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली काँग्रेसकी सुशिला शाही १२ हजार ७१३ मत ल्याएर विजयी भइन् । उनले एमलेका महादेव बजगाईँलाई हराएकी हुन् ।
यस्तै उपमेयरमा भने एमालेकी जुना चौधरी ११ हजार ७०८ मत ल्याएर विजयी भइन् । उनले माओवादी केन्द्य्रकी जानकी कुमारी सिंहलाई पराजित गरेकी हुन् ।