असार १८, २०७९
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...
काठमाडाैं | जेठ ६, २०७९
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयरमा निर्वाचित भएकी हुन् । यसैगरी उपमहानगरको उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा लामाले २३०८० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका अनन्त पौडेलले २०९०८ मत मत प्राप्त गरे । यो जितसँगै लामा बागमती प्रदेशको एकमात्र उपमहानगरको पहिलो महिला मेयरको हुन पुगेकी छन् । त्यस्तै राप्रपाका मेयरका उम्मेदवार दिपक सिंहले २०५३१ मत मात्र प्राप्त गर्दै फेरि पराजित हुन पुगे । सिंह यसअघि भएका संसदीय निर्वाचनमा र उपमहानगरको निर्वाचनमा पनि पराजित भएका थिए ।
त्यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसका राजेश बानियाँले ३३११४ मत प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले २४३२८ मत प्राप्त गरिन् । उता राप्रपाको तर्फबाट उपमेयरको उम्मेदवार इन्दिरा न्यौपानेले ५५९७ मत मात्र प्राप्त गरेर तेस्रो भइन् । उनी २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि पराजित भएकी थिइन् । हेटौंडामा कुल १ लाख ५ हजार ५ सय ७३ मतदाता रहेकोमा ७३ हजार ५ सय १५ मत खसेको थियो ।
एमालेको लाल किल्ला तोडियो
२०७५ सालको स्थानीय चुनावमा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लाल किल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीना कुमारी लामाले उपमेयरमा जितेका थिए ।
को हुन् मेयरमा निर्वाचित मेयर मिना लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा उनको जन्म भएको थियो । लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०५६ सालबाट विद्यार्थीबाट उनको राजनीतिमा यात्रा सुरु भयो । हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी पास गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडि बढिन् ।
२०४२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भइन् । उनले २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरेकी थिइन् । त्यसैगरि २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव,२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भइन् । त्यसलगत्तै २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा निर्वाचित भइन् । नेकपा एमाले विभाजन भएसँगै उनी नेकपा एकीकृत समाजवादी लागेकी थिइन् । लामा मकवानपुरकी नेकपा एकीकृत समाजवादी उपाध्यक्ष समेत हुन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् । ‘९ जना...
पाँचथरमा अविरल वर्षापछि पहिरो जाँदा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका...
घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...