
रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरपालिकाको मेयरमा कांग्रेसका अजय प्रकाश ७ हजार १७२ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सियारामप्रसाद कुशहवाले ४ हजार ५७७ मत पाएका छन् ।
उपमेयरमा पनि कांग्रेसकै रितादेवी ७ हजार ५२० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कुन्ती देवीले ४ हजार ५३७ मत पाएकी छन् ।