२९ असार २०८३, सोमबार
एमाले सांसदको आक्रोश

विष्णु पौडेल पक्राउ प्रकरण: ‘सरकार विपक्षी तर्साउन र एमालेलाई बदनाम गर्न लाग्यो !’

असार १४, २०८३
काठमाडौं
विष्णु पौडेल पक्राउ प्रकरण: ‘सरकार विपक्षी तर्साउन र एमालेलाई बदनाम गर्न लाग्यो !’
फाइल तस्वीर

नेकपा एमालेका सांसद पुष्पराज कंडेलले उपाध्यक्ष विष्णु पौडेलमाथि सरकारले प्रतिशोध साधेर पक्राउ गरेको बताएका छन् । पौडेलको शीघ्र रिहाइ गर्न उनले माग गरे ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर सांसद कँडेलले प्रतिशोध साध्नका लागि पौडेललाई पक्राउ गरिएको बताएका हुन् ।

‘गत चुनावका एकजना प्रतिस्पर्धी र चुनावमा वर्तमान प्रधामनन्त्रीलाई गाडी दिने व्यक्तिको पोलका आधारमा समातिएको भन्ने समाचार आएका छन् । यो पक्राउ गत चैतमा केपी ओलीलाई गरिएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो,’ कंडेलले भने ।

प्रहरीले पौडेललाई असार ९ गते पक्राउ गरेको थियो । ‘विपक्षी दललाई तर्साउन र एमालेलाई बदानाम गर्न विष्णु पौडेलमाथि प्रतिशोध साधियो,’ कंडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्