१९ असार २०८३, शुक्रबार

धरानको मेयरमा मतान्तर बढाउँदै लौरो, कसको कति मत ?

धरानको मेयरमा मतान्तर बढाउँदै लौरो, कसको कति मत ?

सुनसरीको धरान उपमहानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार साम्पाङले १३ हजार ४०५ मत पाएका छन् भने उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ४४ मत पाएका छन् । दुवैबीच २ हजार ३६१ मतान्तर छ ।

नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९ हजार ५४ मत पाएकी छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको अग्रता लिएका छन् । उनले हालसम्म १३ हजार ५९ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका पदम इस्वोले १२ हजार ३१७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्