
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
९० हजार २९२ मत गन्दा शाहले ३३ हजार २६० मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् ।
स्थापितसँग शाहको मतान्तर १५ हजार ५६८ छ ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् ।
सिंहसँग शाहको अग्रता १५ हजार ६८१ छ ।