
कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६८५ वटाको अन्तिम मतपरिणाम आएको छ ।
निर्वाचन आयोगका अनुसार ६६ स्थानीय तहको मतगणना जारी छ । २ पालिकामा विवाद भएर मतगणना स्थगित छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ६८५ स्थानीय तहको मतपरिणाम आयोगले सार्वजनिक गरिसकेको जानकारी दिए ।
बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा गत वैशाख ३० गते मतदान सम्पन्न भएर सिलबन्दी गरी मतपेटिका संकलन गरिए पनि त्यहाँ विवाद रहेको उनले बताए ।
'एक पक्षले पुनः मतदान गर्नुपर्ने भन्दै उजुरी दिएका छन्, अर्को पक्षले मतगणना हुनुपर्ने माग गरेपछि उत्पन्न भएको विवादका विषयमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहकोले त्यहाँ मतगणना भएको छैन,' अर्यालले लोकान्तरसँग भने, 'ती दुई पालिकाबाहेक अन्यको मतगणना जारी छ, केहीको परिणाम आउने क्रममा पनि छ ।'