
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ९८३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ११ हजार २५९ रहेको छ ।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले १५ हजार ७६५ मतका साथ अग्रस्थानमा छिन् ।
माओवादीका बाबुराज बज्राचार्यले १० हजार ८३४ मत पाएका छन् ।