
चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।
भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाएकी छिन् ।
उनका प्रतिस्पर्धी एमाले विजय सुवेदीले २४ हजार ६७३ मत पाएका छन् ।
त्यसैगरी, चितवनमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ३ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ३३ हजार ६५३ मत पाएका भने राप्रपाका हिमला गुरूङले १९ हजार १७० मत पाएकी छन् ।