०७ असार २०८३, आइतबार

तिलोत्तमामा चापागाईँ र खाँणबीच टक्कर, कसको कति मत ?

तिलोत्तमामा चापागाईँ र खाँणबीच टक्कर, कसको कति मत ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकामाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ ।

एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै चलिरहेको छ । 

आइतबार बिहानको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडि छन् । खाँणले १० हजार ५६२ मत पाउँदा एमालेका चापागाईँले १० हजार ४९९ मत पाएका छन् । रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन । 

उपमेयरमा भने शुरूदेखि नै एमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीको अग्रता कायम छ । उनले १० हजार २०१ मत प्राप्त गर्दै माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेलाई ५ हजार १८९ मत अन्तरले पछि पारेकी छन् ।

पाण्डेको पक्षमा जम्मा ५ हजार १२ मत परेको छ । अहिलेसम्म २७ हजार २४० मत गणना भएको छ । अब करिब ३६ हजार मतगणना गर्न बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्