
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८७५६ मतको अग्रता लिएकी छन् ।
९९ हजार ६४४ मत गन्दा रेनुले ३९ हजार ४१६ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ६६० मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ८१० मत पाएका छन् ।