जेठ १६, २०७९
त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...
महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एक/एक स्थानीय तहमा नेकपा (एमाले), तराई मधेस लोकतान्त्रिक पार्टी तथा एक स्थानीय तहमा स्वतन्त्रले विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खरेलले बताए। उनका अनुसार जिल्लाको जलेश्वर नपा, गौशाला नपा, पिपरा गापा, एकडारा गापा र सम्सी गापाको नेतृत्व जसपा नेपालले प्राप्त गरेको छ ।
त्यस्तै जिल्लाको भङ्गाहा नपा, औरही नपा, बलवा नपा, मटिहानी नपा र सोनमा गापामा लोसपा नेपालले नेतृत्व प्राप्त गरेको छ । जिल्लाको मनरासिस्वा नपा र लोहारपट्टी नपामा नेपाली कांग्रेसले नेतृत्व पाएको छ । सोही क्रममा जिल्लाको रामगोपालपुर नपामा एमाले, महोत्तरी गापामा तमलोपा र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) ले नेतृत्व प्राप्त गरेका छन् ।
महोत्तरीको १५ स्थानीय तहमध्ये १२ मा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुवै एउटै पार्टी (प्यानल) बाटै निर्वाचित भएका छन् भने तीन स्थानीय तहको परिणाम मिश्रित आएको छ । मिश्रित परिणाममा जिल्लाको भङ्गाहा नपामा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस, बलवा नपा प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस र महोत्तरी गापा अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।
समग्रमा जसपा पाँच प्रमुख/अध्यक्ष र ६ उपप्रमुख/उपाध्यक्ष, लोसपा पाँच प्रमुख/अध्यक्ष र तीन उपप्रमुख/उपाध्यक्ष, एमाले एक प्रमुख/अध्यक्ष र एक उपप्रमुख/उपाध्यक्ष, स्वतन्त्र एक प्रमुख/अध्यक्ष र एक उपप्रमुख/उपाध्यक्ष र तमलोपाका उम्मेदवार एक अध्यक्षमा विजयी भएका छन् । रासस
त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...
मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...
दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...
जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...
स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४...
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...