जेठ १३, २०७९
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्सा जिल्ला कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका २१ वर्षीय वशिष्ठ कुमार निर्वाचित भएका छन् । सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् ।
भोजपुर साल्पासिलिछो गाउँपालिका उपाध्यक्षमा २३ वर्षीया अस्मिता कुलुङ राई, स्याङ्जाको चापाकोट नगरपालिका उपप्रमुखमा २६ वर्षीया ईशा राना र ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा २६ वर्षीया अस्मिता थापा निर्वाचित भइन् । उनीहरू प्रतिनिधि पात्र मात्रै हुन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार ३२ वर्षीय बालेन शाह र भरतपुर महानगरपालिकामा युवा नेत्री रेणु दाहालले अग्रता लिइरहँदा सोही रुझान देशभरि देखिएको हो । स्थानीय सरकारको नेतृत्व युवालाई दिनुपर्छ भन्ने मतदाताको मनोविज्ञान मत परिणाममार्फत प्रस्तुत भएको छ ।
अहिले पनि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन युवाको लर्को लाग्दा ठूलो संख्यामा युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । यस आधारमा ४० लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीमा रहँदा रेमिट्यान्समार्फत आएको रकमलाई धेरै हदसम्म उत्पादनको क्षेत्रमा लगानी गरेर सदुपयोग गर्ने जिम्मेवारी पनि स्थानीय तहका युवा पदाधिकारीको काँधमा आएको छ ।
को हुन् युवा ?
सम्पन्न निर्वाचनमा ७ वटै प्रदेशका ७५३ मध्ये ५६० वटा जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय सरकार सञ्चालनको दायित्व युवामा आएको देखिएको हो । यस्तो भए पनि युवाको उमेरका सम्बन्धमा एकरूपता छैन । संयुक्त राष्ट्रसंघले ‘युवा’ भनेर १५–२५ वर्षबीचको उमेर समूहका व्यक्तिलाई परिभाषित गरेको छ, जब कि नेपाल सरकारले १६–४० वर्षका बीचका मानिसलाई मानेको छ ।
कृषि क्षेत्रमा भने ५० वर्षसम्मका मानिसलाई युवा मानिन्छ तर राजनीतिमा भने युवाको परिभाषामा अन्योल छ । त्यसैले यस अध्ययनमा ५० वर्षसम्मलाई युवाका रूपमा हेरिएको छ । निर्वाचितमा ४१–५० वर्षका समूहको बाहुल्य छ । निर्वाचित हुनका लागि २१ वर्षको प्रवेश उमेरदेखिलाई गणना गर्दा युवको अझ बढी सहभागिता छ ।
नतिजा विश्लेषण
निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्यांकलाई विभिन्न उमेर समूहबाट अध्ययन गर्दा पालिका प्रमुख–अध्यक्षमा सबैभन्दा बढी ४१–५० वर्ष उमेर समूहबाट निर्वाचित भएको पाइएको छ । ५६० वटा पालिकाको नतिजा हेर्दा उक्त उमेर समूहमा २२० जना निर्वाचित भएका छन् ।
उपप्रमुख/उपाध्यक्ष पदमा पनि ४१–५० वर्ष उमेर समूहकै सबैभन्दा बढी १९६ जना निर्वाचित भएका छन् । त्यसैगरी उपप्रमुख/उपाध्यक्षतर्फ युवाको वर्चस्व देखिएको छ । उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा बढी ३१–४० वर्ष उमेर समूहबाट २०२ जना निर्वाचित भएका छन् । सोही उमेर समूहमा १०२ जना प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
७ वटै प्रदेशका ७५३ मध्ये ५६० वटा जिल्लामा स्थानीय सरकार सञ्चालनको दायित्व युवामा आएको देखिएको छ । निर्वाचितमा ४१–५० वर्षका समूहको बाहुल्य छ । निर्वाचित हुनका लागि २१ वर्षको प्रवेश उमेरदेखिलाई गणना गर्दा युवाको अझ बढी सहभागिता छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार ५६० स्थानीय तहमध्ये ७ वटै प्रदेशमा २१–३० वर्ष उमेर समूहमा ४ जना प्रमुख/अध्यक्ष र ३९ जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी ५१–६० वर्ष उमेर समूहमा १८४ जना प्रमुख/अध्यक्ष र १०१ जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । ६१–७० वर्ष उमेर समूहमा ४२ जना प्रमुख तथा अध्यक्ष र १९ जना उपप्रमुख तथा उपाध्यक्ष निर्वाचित भएका छन् ।
सबैभन्दा कम ७१ वर्षभन्दा माथिको उमेर समूहका निर्वाचित भएका छन् । उक्त उमेर समूहमा ८ जना प्रमुख/अध्यक्ष र ३ जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् ।
राजनीतिमा युवालाई अवसर
यसरी हेर्दा स्थानीय तहको निर्वाचनले युवालाई नेतृत्वमा स्थापित गर्ने, विकास र समृद्धिमा पनि युवाको सहभागिता बढ्ने संकेत गरेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले स्थानीय तहको सरकारमा युवालाई काम गरेर नेतृत्व क्षमता विकासको अवसर प्रदान गरेको बताए ।
शर्माले भने, ‘स्थानीय सरकार देशको नेतृत्वतर्फ लम्किने जग हो । युवाले राजनीतिमा आफ्नो भविष्य देखेको पुष्टि यो परिणामले गरेको छ ।’
नेकपा एमालेका सचिव गोकर्ण विष्टले गतिशील र परिपक्व बन्ने र थप मेहनत गर्ने बेला भएकाले पनि यो उमेर समूहलाई मतदाताले अवसर प्रदान गरेको बताए । शहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेत्री रामकुमारी झाँक्रीले पार्टीगत राजनीतिभन्दा बाहिर रहेका युवा नेतृत्वमै पुग्ने गरी आउनु सुखद रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘मुद्दा निर्माण गर्दा अलि फरक ढंगले सोच्नुपर्छ भन्ने सन्देश पनि निर्वाचनले दिएको छ ।’
चुनौती पनि उस्तै
कांग्रेस महामन्त्री शर्माले स्थानीय तहमा निर्वाचित युवालाई चुनौती पनि उत्तिकै रहेको बताउँदै पारदर्शी बन्नु सबैभन्दा महत्त्वपूर्ण हुने सुझाव दिए । एमाले सचिव विष्टले जनताका आवश्यकता असीमित हुनु र स्रोतसाधनको सीमित हुँदा स्थानीय तहका पदाधिकारीलाई काम गर्न चुनौती हुने बताए ।
उनले स्रोतसाधन परिचालनमा ध्यान पुर्याउँदै जनअपेक्षा ठूलो हुँदा समस्या हुने भए पनि परिणाममुखी बन्न सुझाव दिए ।
शहरी विकासमन्त्री झाँक्रीले युवाले निर्वाचनमा भाग लिएपछि राजनीतिलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले भनिन्, ‘खहरेजस्तो आयो, ५ वर्षपछि हरायो गर्ने हो भने चाहिँ केही अर्थ हुँदैन । निरन्तरता दिनुपर्छ । राजनीतिमार्फत देशका लागि ठूलो काम गर्न सकिन्छ ।’ गोरखापत्रमा खबर छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...