
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नगर प्रमुखमा तोयप्रसाद शर्मा र उपप्रमुखमा भुलियाकमारी राना विजयी भएका छन् ।
प्रमुख शर्माले १० हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम पुजाराले ४ हजार ६७४ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७३४ मत पाएका छन् ।
उपप्रमुखमा निर्वाचित रानाले ७ हजार ३४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४९२ मत र नेकपा एमालेकी सुशीला खत्रीले ५ हजार ३०३ मत पाएकी छन् ।