जेठ ११, २०७९
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
विराटनगर | जेठ ९, २०७९
राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ३१ वर्षपछि कोइराला परिवारको हातमा आएको छ ।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाका भावी योजना र उनले खेल्ने भूमिका विषयमा गरिएको कुराकानीको सम्पादित अंश –
समृद्ध विराटनगर बनाउने भनेर भोट माग्नुभयो, अब जितिसकेपछि तपाईंले बनाउने भनेको समृद्ध विराटनगर कस्तो हो ?
– विराटनगर बनाउन मेरो महत्त्वाकांक्षी योजना त्यस्तो छैन । विराटनगरलाई समृद्ध, सुरक्षित, हरित नगरीको रूपमा विकास गर्छु । शुद्ध खानेपानी, शिक्षामा सबैको पहुँच पुग्ने गरी काम गर्नेछु । पारदर्शिता भन्ने कुरा मलाई ठूलो लाग्छ । जनताले देख्ने गरी पारदर्शिता र सुशासन कायम गरी कम गर्नेछु । मैले गरेका काम जनताले १०० वर्षपछि पनि सोचून् भन्ने लाग्छ ।
नगर सभामा अल्पमतमा पर्नुभएको छ, काम गर्न त गाह्रो नै पर्ला नि ?
– अल्पमत र बहुमत भन्ने कुरा नै आउँदैन । हिजोसम्म हामी फरक–फरक पार्टीबाट जितेका थियौं, आज हामी सबैका भइसक्यौ । जनताले वडा तथा नगरको विकास गर्नू भनेर पठाएका हुन् । अन्य फरक पार्टीबाट जितेर आउनुभएका साथीहरू पनि विराटनगरकै विकास गर्नका लागि भनेर आउनुभएको हो । अल्पमत र बहुमत भन्नेले हामीलाई खासै फरक पार्दैन । मेयर, उपमेयर, वडाध्यक्ष लगायत सबै निर्वाचित साथीहरूको अबको एउटै एजेन्डा भनेको समृद्ध महानगर बनाउने भन्ने मात्रै हो । दलभन्दा माथि उठेर हामी काम गर्छौं ।
निवर्तमान मेयर भीम पराजुलीका कामलाई कतिको निरन्तरता दिनुहुन्छ ?
– निरन्तरता दिने र नदिने भन्ने कुरा नै हुँदैन । मसँग महत्त्वाकांक्षी योजना केही पनि छैनन् । खोला तटबन्धन गर्नेभन्दा अरु महत्त्वाकांक्षी योजना केही पनि छैनन् । नागेश कोइरालाको कार्यकालमा भएको काम भनेर १०० वर्षपछिका पिँढीले पनि थाहा पाउने गरी काम गर्ने लक्ष्य बनाएको छु ।
महानगरलाई सबल, समृद्ध बनाउन पहिला विज्ञहरूको टोली बनाउँछु । उहाँहरूको सरसल्लाह र सुझाव अनुसार काम गर्छु । विराटनगरका जनताका लागि आवश्यक योजना छ भने निरन्तरता नै हुन्छ, हुँदैन भन्ने छैन ।
समृद्ध विराटनगर बनाउन तपाईंको पहिलो निर्णय के हुन्छ ?
– मैले चुनावमा जनताको घरदैलोमा जाँदा पनि भनेको थिएँ – करको दर घटाउँछु, दायर बढाउँछु भनेर पहिलो निर्णय नै त्यही गर्छु । विराटनगरमा घर छ भन्ने बित्तिकै धनी छ, जति पनि कर तिर्न सक्छ भन्ने छैन । कतिलाई वर्षमा ५० हजार कर तिर्न पनि समस्या छ । ठूला घर भए पनि आम्दानीको स्रोत नभएकाहरू धेरै छन् । पहिलो कार्यपालिकाको निर्णयमा नै कर घटाउने निर्णय गर्छु । विज्ञहरूको सरसल्लाह बमोजिम करको दायरा बढाउँछु ।
विराटनगरको सबैभन्दा ठूलो समस्या डुबान हो । भोट माग्न जाँदा पनि डुबानमुक्त बनाउँछु भन्नुभएको छ । अब जनताले डुबानमुक्त हुन कति समय पर्खनुपर्छ ?
– तपाईंले सोध्नुभएको प्रशन सही हो, डुबानको समस्या सबैभन्दा ठूलो छ । पानीको निकास नभएकाले पनि यो समस्या आउने गर्छ । यो समस्या समाधान गर्न हाम्रो मात्रै स्रोतसाधनले भ्याउँदैन, प्रदेश र संघ सरकारबाट बजेट ल्याएर पनि यो काम गर्नुपर्छ भन्ने मेरो योजना छ ।
विराटनगरवासीलाई सधैं स्वास्थ्यमा पहुँच पुर्याउनका लागि महानगरपालिकाको आफ्नै मेट्रो अस्पताल बनाउने योजना पनि छ ।
विराटनगर औद्योगिक शहर पनि हो तर धेरै उद्योगधन्दा बन्द छन् । उद्योगधन्दाका लागि के कस्ता योजनाहरू ल्याउनुहुन्छ ?
– विराटनगर राजनीतिक र औद्योगिक शहर हो । विराटनगरका उद्योगधन्दाले नेपालकै आर्थिक क्षेत्रमा ठूलो फड्को पनि मारेको छ । १२ हजारका हाराहारीमा साना उद्योगहरू थिए तर अहिले ६ हजारका हाराहारीमा मात्रै सञ्चालनमा रहेको मैले बुझेको छु । किन उद्योगधन्दा बन्द हुँदैछन् ? ती उद्योगधन्दा बन्द हुँदा धेरैको रोजगारी गुमेको छ । देशमा रोजगारी नपाएकै कारण धेरै युवाहरू विदेशतिर जानुपरेको छ ।
फोहोर व्यवस्थापन कसरी गर्नुहुन्छ ?
– डम्पिङ साइट खोजेर फोहर फाल्नु मात्र फोहोरको व्यवस्थापन होइन, हामी फोहोरको ‘रिसाइकल’ गरेर त्यसबाट आम्दानी गर्ने कार्यक्रम ल्याउनेछौं ।
५ वर्षपछिको विराटनगर कस्तो हुन्छ त ?
– तपाईं आफू घरबाट बाहिर निस्किँदा कस्तो विराटनगर होस् भन्ने सोच्नुहुन्छ ? त्यस्तै हुन्छ ।
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र सैन्य सहयोग राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विरोधमा 'फ्रन्टलाइन'मा उभिने...
राजनीतिक दलहरू स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र आगामी चुनावी रणनीति बनाउने काममा व्यस्त छन् । स्थानीय तह चुनावबाट ठूलो दल बनेको कांग्रेसभित्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे अनौपचारिक छलफल शु...
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...