असार १८, २०७९
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताए । शनिवार...
धनगढी | जेठ ९, २०७९
अछामको देवदहका खडक खाती वैशाख २५ गते घर फर्किएका थिए । भारतको नयाँदिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएका उनलाई छिमेकीले भोट हाल्न आउन अनुनय गर्न थालेपछि फर्किएका थिए ।
नागरिक कर्तव्य र मताधिकारबारे बुझेका खाती आफ्नो एक भोटले राम्रो जनप्रतिनिधि आए कामका लागि भारत पस्ने दिनको अन्त्य हुने आशा पनि राख्छन् तर चुनाव सकिएपछि घर खर्च जोहो गर्ने पिरलो थपिएपछि उनी पुनः भारततिर लागेका छन् ।
गौरीफन्टा सीमा नाकामा भेटिएका उनले भने, ‘भोट त पटक–पटक दिएर जिताइयो तर के गर्नु ? गाउँको हालत उही छ । गाउँमा काम गर्ने वातावरण आज बन्ला, भोलि बन्ला भन्दै समय जान्छ, समस्या ज्यूँका त्यूँ छन्, इन्डिया जानैपर्यो हुजुर !’
सँगै रहेकी उनकी पत्नी ईश्वरा खातीले थपिन्, ‘फोन गरेर भोट मात्रै माग्छन्, बोलाउँछन् तर काम केही गर्दैनन् । उनीहरूका लागि यत्रो टाढा दिल्लीबाट भोट हाल्न आइयो । आफ्नो हालत यस्तो छ, इन्डिया नगई हुँदैन ।’
यसपालि पनि चुनावमा होमिएका राजनीतिक दल तथा दलका उम्मेदवारको साझा एजेण्डा उही थियो, गाउँमा रोजगारी । यसपटक यही नारा र एजेण्डा नै बढी बिक्यो तर यहाँका युवाले भारत पस्ने क्रम कहिल्यै रोकिएन । युवाहरू केवल मतदातामा मात्रै सीमित भए ।
कामका लागि भारत जान लागेका कैलालीको जोशीपुर–३ का सुशील डंगौरा पनि आफ्नो टीमसहित गौरीफन्टा नाकामा भेटिए । आफ्नै आफन्त स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि उनी चुनाव आउन १ हप्ता बाँकी रहँदा गाउँ फर्किएका थिए । आफू इलेक्ट्रिसियनको काम गर्दै आएको बताउँदै उनले सीप अनुसारको काम गाउँघरमा नभएपछि भारत जानुपर्ने बाध्यता रहेको सुनाए ।
खाती दम्पती र डंगौरा प्रतिनिधि पात्र मात्रै हुन् । चुनाव सकिएपछि मात्रै होइन, यो नाका भएर सधैं आउने र जानेकै भीडभाड हुन्छ ।
नेपाल प्रहरीको चेकपोस्ट डोकेबजार कञ्चनपुरका अनुसार गौरीफन्टा नाका भएर मात्रै दैनिक ५०० बढी नेपाली कामको खोजीमा भारत पस्छन् । वैशाख ३० गतेको चुनावलाई लक्षित गरेर वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा सील गरिएको थियो । सो अवधिबाहेक भारतबाट आउने र जानेहरूको संख्या एकनास हुने गरेको अधिकारीहरू बताउँछन् ।
कामको खोजीमा भारत पस्ने युवाको लस्करले दलका चुनावी एजेण्डालाई गिज्याउँदै आएको छ । देशको शासन व्यवस्था फेरिए पनि भारत पस्ने युवाको अवस्था फेरिएको छैन ।
भारत पस्दै गरेका कैलालीको लम्कीचुहा नगरपालिका–४ का नरबहादुर रावतले भने, ‘बडो दुःखका साथ भन्नुपर्छ, हामी भारत पस्ने नेपाली नै यस्तै हौं कि हाम्रो बाध्यता । भारत जानैपर्ने । यस्तै हो भने कहिल्यै पूरा नहुने युवा स्वरोजगारीको एजेण्डा चुनावमा ल्याउनु बेकार हो । नेताहरूलाई भोट मात्रै त चाहिएको हुन्छ । हामी केवल मतदाता मात्रै त हौं । त्यसैले चुनाव आएपछि हामी फेरि पनि भोट हाल्न अर्को चुनावमा आइहालौंला नि ? बाईबाई नेपाल ।’
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताए । शनिवार...
पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र म...
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन्। नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन ग...
किसानलाई धानबालीका लागि आवश्यक पर्ने डिएपी र पोटास मल कृषि सामग्री संस्थान प्रदेश कार्यालय विराटनगरले वितरण गरिरहेको छ । कार्यालयका प्रमुख नरेश सापकोटाका अनुसार प्रदेश सरकार र स्थानीय कोटाअनुसार विसं २०७८ चै...
चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश ...
सर्लाहीमा घुम्ती किराना पसल चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...