२२ असार २०८३, सोमबार

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

ललितपुर महानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । 

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन्

हालसम्म २२ वटा वडाको मतगणना सकिएको छ । हाल वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ । कूल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मङ्गलबारसम्म आउने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्