२४ असार २०८३, बुधबार

रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी

रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी

रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी ४ हजार ६३८ मतका साथ विजयी भएका हुन् ।

त्रिपाठीले आफ्ना निकटतम प्रतिष्पर्ध जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार जयसावाललाई ३९९ मत अन्तरले पछि पारे । जयसवालले ४ हजार २३९ मत मात्र ल्याए । 

यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४ हजार ७३६ मत पाएर निर्वाचित भएकी छन् । 

उनका निकटतम प्रतिस्पर्धी  नेपाली कांग्रेसकी गुजराती यादवले ३ हजार ४४२ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं. १ मा लोसपाका  राजेश गुप्ता, वडा नं. २ मा जनता समाजवादी पार्टीका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डेय, वडा नं. ४ मा लोसपाका बेचुराम गडेरिया, वडा नं ५.  मा लोसपाका संजय कुमार शैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं ७ मा नेपाली कांग्रेसका पवनकुमार यादव बिजयी भएका छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये लोसपाले जितेको यही एउटा पालिका हो ।

योसँगै रुपन्देहीका १५ पालिकाको अन्तिम नजिता आएको छ । 

अब तिलोत्तमा नगरपालिकाको नतिजा आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्