संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । जापानमा यस्तै एक विचित्रका मानिसलाई कुकुर बन्ने सोख छ ।
टोको नामक ती व्यक्ति कुकुर बनेका छन् र आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
यी व्यक्तिलाई बाल्यकालदेखि नै कुकुरको जस्तो जीवन बिताउन मन थियो ।
जापानी कम्पनी जेपेट वर्कशपले टोकोलाई कोल्ली प्रजातिको कुकुर बनाएको हो ।
कुकुर बन्नका लागि उनले लगभग १८ लाख रुपैयाँ खर्च गरे । त्यति रुपैयाँमा उनले एक कस्ट्युम किनेका हुन् । त्यो लगाएपछि उनी ठ्याक्कै कुकुर जस्तै देखिन्छन् ।
कस्ट्युम तयार पार्न लगभग ४० दिन लागेको थियो । कम्पनीलाई कस्ट्युम बनाउन निकै परिश्रम परेको थियो किनकि मान्छे र कुकुरको आकार मिल्दैन ।
क्युट देखिने हुनाले कोल्ली प्रजातिको कुकुरको कस्ट्युम बनाएको टोकोको भनाइ छ ।
कस्ट्युम लगाएर हातगोडा चलाउन अलि गाह्रो भए पनि धेरै चलाउनुको अर्थ पनि नभएको उनी बताउँछन् ।