१५ असार २०८३, सोमबार

नेपाल मानव धर्म सेवा समितिले आयोजना गर्‍याे सत्सङ्ग समारोह

नेपाल मानव धर्म सेवा समितिले आयोजना गर्‍याे सत्सङ्ग समारोह

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान सत्सङ्ग समारोह २०७९ आयोजना भएको छ । 

कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो । सत्संग समारोहमा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराज जीले मानव जीवनमा अध्यात्मको महत्व र जीवनलाई सहज बनाउने तरिकाबारे प्रवचन दिएका थिए ।

प्रवचनमा उनले ब्रह्माण्डलाई सम्झन गाह्रो भए पनि आफूभित्र भएको चेतनालाई सम्झनुपर्ने बताए ।

उनले भने, ‘जहाँ संसार छ, त्यहाँ संसारको बन्धन छ । तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ । यदि संसारमा मोह नहुने भए हामी पनि खुशीसाथ संसार छाडेर जाने थियौ ।’ 

हरेक मानिस संसारको मोहमा मस्त रहेको बताउँदै उनले धेरै मानिसले सबै दुःख कम होस भन्ने चाहने तर, त्यसका लागि सही प्रयास भने नगर्ने गरेको बताए । 

मानिसको सबैभन्दा ठूलो समस्याको कारण नै मन भएको उनले बताए । सन्त महात्माहरूले ज्ञान भक्ति र कर्मको त्रिवेणीद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्नेमा उनको जोड थियो । 

सत्संग कार्यक्रममा सङ्गम श्रुति साङ्गीतिक समूहले प्रस्तुती राखेको थियो भने बालसभाका बालबालिकाले नृत्य, नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा तीन हजार भन्दा बढी भक्त समुदायको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्