×

NMB BANK
NIC ASIA

सन्दर्भ : स्थानीय चुनाव

बालेन–हर्क उदयको राजनीतिक अर्थ : के हो यसले दिन खोजेको मुख्य सन्देश ?

जेठ १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गत वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएको छ । विभिन्न राजनीतिक दलले स्थानीय निर्वाचन जित्नुलाई आगामी राजनीतिक यात्रा सुलभ बनाउनु हो भनी ठान्छन् । स्थानीय तहलाई पनि सत्ता कब्जाकै नजरियाबाट देख्नेहरू छन् दलभित्र ।

Muktinath Bank

हुन पनि स्थानीय तह भनेकै आम जनताको सर्वाधिक नजिकको सरकार हो तर यसपालिको स्थानीय निर्वाचनमा राजनीतिक दलको दबदबालाई चुनौती दिन स्वतन्त्र उम्मेदवारी अभियानले अर्थपूर्ण धक्का दिएको बुझिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक दलका शीर्ष नेताहरूले त स्थानीय चुनावमा समेत गठबन्धन नै गरे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा जस्ता दलले चुनावी मोर्चा नै बनाए । नेकपा एमाले, राप्रपा नेपाल र कैयौं साना दलहरूको प्रत्यक्षपरोक्ष चुनावी जुगलबन्दी देखियो । 


Advertisment
Nabil box
Kumari

चितवनको भरतपुर महानगरमा गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहाल मेयरमा चुनाव नजित्ने हो भने देशमा राजनीतिक संकट निम्तिन सक्ने धम्कीपूर्ण अभिव्यक्ति समेत सुनिए । देशको आँखा भरतपुरतिर हुनुपर्ने थियो तर त्यसो भएन । रेनु विजयी भइन् तर चर्चाको चौतारामा बालेन र हर्कहरू मात्र देखिन्छन् ।

Vianet communication
Laxmi Bank

यस आलेखमा बालेन्द्र साह र हर्क साम्पाङ जस्ता युवाहरू निर्दलीय उम्मेदवारी दिई काठमाडौं र धरान जस्ता महानगर र उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुले कस्तो सन्देश दिन खोजेको छ भन्ने चर्चा गर्न खोजिएको छ ।

काठमाडौं–धरानको चुनाव

यस खण्डमा बालेन साह र हर्क साम्पाङको चुनावी यात्राबारे केही तथ्य र तर्कलाई समावेश गरिएको छ । यो कसरी सम्भव भएको होला ? के बालेनको चुनावी यात्रा धरान वा विराटनगरमा सम्भव हुन्थ्यो ? हर्कले रोज्नुभएको विधिबाट काठमाडौंमा मेयर बन्न सम्भव हुन्थ्यो ? यसको उत्तर ठ्याक्कै ‘ब्लेक एण्ड ह्वाइट’मा दिन कठिन छ । यद्यपि यसका अन्तर्यबारे विश्लेषणात्मक टिप्पणी अवश्य गर्न सकिन्छ ।

बालेनले प्रमाणित गरिदिए कि दलका नेता र आमजनताबीच हुनुपर्ने सामिप्यता खुम्चिसकेको छ । दलका नेताहरू गाउँगाउँमा सिंहदरबार जस्ता शासकीय नारा लगाउन खप्पिस छन् तर जनतालाई फगत ‘करदाता र मतदाता’ बुझ्दा रहेछन् । चुनावभन्दा अगाडि बालेनले राजनीतिक सभा, चर्का भाषण, घृणा फैलाउने बोली जस्ता हर्कत गरेको देखिँदैन । 

२०७४ सालमा भएको स्थानीय चुनावका दौरान बालेन स्ट्रक्चरल इन्जिनीयरिङमा स्नातकोत्तर गर्दै थिए । त्यहीँ समयमा सामाजिक सञ्जालमा लेखेका थिए, ‘... यसपालि देखिएका उम्मेदवारमध्ये मलाई कोही लायक लागेन, म अर्को चुनावमा आफैंलाई भोट खसाल्छु ।’ सतही रूपमा हेर्दा उनले आगामी चुनाव लड्ने मनसाय बनाइसकेको जस्तो बुझिन्छ तर गहिरिएर हेर्दा उनी त्योभन्दा पनि पहिलेदेखि नै राजनीतिमा ठाउँ खोज्दै थिए, उनले गाएका गीतहरूबाट प्रतित हुन्छ ।

वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौंको मेयर पदमा उनले उम्मेदवारी दिने चर्चाको फैलावट खासै देखिएको थिएन । उम्मेदवारी दिइसकेपछि चर्चाको परिधि फराकिलो हुँदै गयो । फराकिलो यति पनि भएन कि देशका सबै ठाउँमा बालेनको चर्चा होस् तर सुस्तरी जब उनले दाबी गर्न थाले कि हामी ९० हजार ८३५ मतले चुनाव जित्दैछौ र मतदान सकिएपश्चात शुरूदेखि अग्रता कायम गर्दै गए अनि देशको आँखा बालेनतिर एकीकृत हुन थाल्यो ।

अब बालेन काठमाडौंको आधिकारिक मेयर बनिसकेका छन् । मतान्तरको आँकडा उनले भनेजस्तै नभए पनि अति उल्लासमय विजयी साबित भएको छ । बालेनको जीतले केही अर्थ बोकेको छ । जस्तैः नेपाल जस्तो देशमा अति दलीयकरण भयो । दलहरू देश हाँक्ने होडमा देशवासीको आवश्यकता के छ ? बिर्से । देशको राजधानीभित्र देखिने लहकचहकमा दलका नेताहरूले फोहोरको व्यवस्थापन गर्न सकेनन् ।

सरकारी अड्डाहरू व्यवस्थित गर्न नसक्ने नेतृत्वले काठमाडौंमा ‘ट्राफिक जाम’ कम गर्न मोनोरेलको गफ हाँकेर जनतालाई ५ वर्ष र्‍याल काढेर बस्न बाध्य गरे । बालेनले आम मानिसलाई सोझै छुनेखालका समस्यालाई आफ्ना गायन विधाको माध्यमबाट कथा शैलीमा गाउन थाले । साथै राजनीतिक दलका नेताहरूप्रति निर्मम कटाक्ष हान्न थाले ।

र्‍याप युवामाझ अधिक प्रचलित विधाको रूपमा मानिन्छ । बालेनको इन्जिनीयरिङ पेशाबारे खासैलाई थाहा थियो जस्तो लाग्दैन । संगीत कलाबाट एकखालको पहिचान बनाएका थिए बालेनले तर आम काठमाडौंवासीको पीडाबोध र मनोविज्ञानलाई अपत्यारिलो ढंगले बुझ्न सफल भए उनी ।

बालेनले प्रमाणित गरिदिए कि दलका नेता र आमजनताबीच हुनुपर्ने सामिप्यता खुम्चिसकेको छ । दलका नेताहरू गाउँगाउँमा सिंहदरबार जस्ता शासकीय नारा लगाउन खप्पिस छन् तर जनतालाई फगत ‘करदाता र मतदाता’ बुझ्दा रहेछन् । चुनावभन्दा अगाडि बालेनले राजनीतिक सभा, चर्का भाषण, घृणा फैलाउने बोली जस्ता हर्कत गरेको देखिँदैन । 

धरानमा हर्क साम्पाङको चुनावी यात्रा एक्ला चलो ... भनी भावनालाई सिद्ध गरेको छ । धरानमा शिक्षण पेशा र वैदेशिक रोजगारको पृष्ठभूमि बोकेका हर्कलाई आज देशले चिनेको छ । उनले राजनीतिक दलले झैं जय नेपाल, लाल सलामभन्दा पनि आफ्ना हरेक अभिव्यक्ति पश्चात ‘जय धराने जनता’ भन्न रुचाएका देखिन्छन् । उनी एउटा कुशल प्रश्नकर्ताको परिचय बनाउँदै हिँडे । धरान उपमहानगरभित्र देखिने अति सामान्य मुद्दाको उठान सार्वजनिक रूपमा गर्दै गए । राजनीतिक दलका कार्यकर्ताले जनताको दुःख नै बुझ्न सकेनन् भनी दलिल राख्दै यात्रा अगाडि बढाए ।

हर्कले केवल तर्क गरेनन्, बाटोमा हिँड्दै आमजनतालाई सतर्क गर्दै हिँडे । प्रहरी स्वेच्छाचारी भयो, हर्कलाई सम्झिन थाले आमजनताले । सरकारी कार्यालयमा काममा ढिलाइ होस् या घुस मागोस्, हर्क त्यसको जोडदार विरोध गर्थे । बाटाका खाल्डामा जनप्रतिनिधिको आँखा जाँदैन्थ्यो, हर्क त्यसलाई मुद्दा बनाउन सफल भए । अवैध खोला उत्खनन् होस् कि स्वास्थ्य क्षेत्रको बेथिति त्यसविरुद्ध आवाज बुलन्द गर्ने ल्याकत हर्कले नै प्रस्तुत गरे ।

धरान एउटा सम्पन्न शहर हो भन्ने बुझाइ धरान बाहिर छ । शिक्षा, स्वास्थ्यको राम्रो सुविधा रहेको शहरको रूपमा समेत धरानले चर्चा कमाएको छ । उक्त क्षेत्रबाट ब्रिटिस सेना, भारतीय सेनामा जानेहरूको संख्या अधिक भएका कारण होला, धरानलाई लाहुरेहरूको शहर पनि भनिँदो हो । पर्यटन व्यवसायको दृष्टिकोणले समेत धरान एउटा होल्डी प्वाइन्ट नै हो ।

धरानमा प्रत्येक राजनीतिक दलका नेताहरूले आफ्नो पकड बनाएर राख्नु स्वाभाविक हो । धरानका जनता खानेपानी विना तड्पिएको समाचार कहिल्यै बनेन तर धरानमा सबैभन्दा ठूलो समस्या खानेपानीकै रहेछ भनी हर्कले साबित गरे । उनी विजयी घोषित भएको २ दिनपश्चात मात्र काठमाडौंबाट १ जना नामुद पत्रकारले धरान पुगी मेयर हर्कसँग प्रश्न गरेका थिए, ‘तपाईं पछिल्ला मेयरको कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?’ हर्कको जवाफ आउँछ, ‘धरानको प्रमुख समस्या भनेकै खानेपानीको थियो, अहिले पनि त्यो समस्या छँदैछ ।’ कति सटिक । 

मूल समस्या सम्बोधन गर्न नसक्ने राजनीतिक दलका नेताले आखिर केका लागि राजनीति गरे त ? ५ वर्षसम्म कर उठाउन मात्र निर्वाचित भएको जस्तो देखियो । धरानका गल्ली र चौबाटामा सामाजिक मुद्दाबारे एक्लै हिँडिरहने अभियन्तालाई सघाउन नेपाली मिडियाको पनि साथ देखिएको थिएन । चुनावको बेला पनि हर्कले तामझाम र भोजभतेर विना नै आफ्नै चुनावी यात्रा तय गरे ।

नेपालमा दलीय व्यवस्थामाथि खतरा देख्नेहरू डराउनु पर्दैन । निर्दलीयताले राजनीतिक स्वेच्छाचारिता जन्माउने खतरा सबै सचेत नेपाली जनताले बुझेका छन् । यद्यपि स्थानीय तह निर्वाचनमा दलीय प्रतिनिधित्व चाहिँदैन भन्ने भाष्यको जोडदार शुरूआत मात्र भएको छ । यो शुरूआती यात्रा कति लामो जाने हो भनी निर्धारण गर्ने जिम्मेवारी बालेन र हर्कहरूको काँधमा गएको छ । आफ्ना वाचालाई व्यवहारमा अनुवादित गर्न सफल हुने हो भने आउँदो चुनावमा देशभर स्वतन्त्र उम्मेदवारको बिगबिगी हुनेछ ।

उनले विद्युतीय माइक र स्पीकरसहित आफ्ना चुनावी मुद्दा धराने जनतालाई सुनाउँदै हिँडे । राजनीतिक दलका उम्मेदवारहरूले मिडिया म्यानेजमेन्टको नाममा लाखौं खर्च गरे तर हर्कले फेसबूकलाई नै आधार बनाए । लोकतन्त्रभित्र निर्वाचनको महत्त्व भनेको मुद्दाका आधारमा मतदान गर्नुपर्छ भनी सरकारले तथा विभिन्न दातृ निकायले करोडौंको लगानी गरेर देखाउन नसक्ने परिवर्तन हर्कले धरानका बाटामा एक्लै हिँडेर ल्याइदिए । 

बालेनले आफ्नो घोषणापत्र अनुसार काठमाडौंको मुहार फेर्न महानगरको बोर्ड बैठकलाई आमजनतामाझ लाइभ गरिदिने भनी अभिव्यक्तिले बालेन प्रतिको विश्वास देखाउँछ । आफूले पाउने सामान्य सेवा सुविधाभन्दा थोरै दायाँबायाँ आर्थिक लोभ समेत गरेको प्रमाणित भएमा धराने जनताले जुत्ताको माला लगाएर दण्डित गर्नसक्ने खुला घोषणा गरेका छन् हर्कले । यसले नवनिर्वाचित मेयर हर्कले जवाफदेहिता, पारदर्शिता सहितको कुशल सुशासन हुनुपर्ने दृढतालाई झल्काएका छन् ।

अन्त्यमा, नेपालमा दलीय व्यवस्थामाथि खतरा देख्नेहरू डराउनु पर्दैन । निर्दलीयताले राजनीतिक स्वेच्छाचारिता जन्माउने खतरा सबै सचेत नेपाली जनताले बुझेका छन् । यद्यपि स्थानीय तह निर्वाचनमा दलीय प्रतिनिधित्व चाहिँदैन भन्ने भाष्यको जोडदार शुरूआत मात्र भएको छ । यो शुरूआती यात्रा कति लामो जाने हो भनी निर्धारण गर्ने जिम्मेवारी बालेन र हर्कहरूको काँधमा गएको छ । आफ्ना वाचालाई व्यवहारमा अनुवादित गर्न सफल हुने हो भने आउँदो चुनावमा देशभर स्वतन्त्र उम्मेदवारको बिगबिगी हुनेछ ।

राजनीतिलाई नै पेवा ठान्ने दलका नेताहरू पनि स्थानीय तहमा राजनीति नगरी पारदर्शिता र इमान्दारितालाई आत्मसात गरी सेवा भावले अगाडि बढ्न बाध्य हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x