
नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच एक सम्झौता भएको छ ।
सम्झौता दुवै संस्थाबीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरू मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पोखरा विन्ध्यवासिनीमा आइतवार आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएका थियो ।
सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पश्चात श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।