२० असार २०८३, शनिबार

‘जात’मा लक्ष्मी र जीवनको जोडी [भिडियो]

‘जात’मा लक्ष्मी र जीवनको जोडी [भिडियो]

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराई अभिनित ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डिएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ ।

रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अभिनेत्री लक्ष्मी बर्देवाको निर्देशन रहेको भिडियोमा लक्ष्मी स्वयं र जीवनले अभिनय गरेका हुन् ।

गीतको भिडियोमा जातिय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँले छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई श्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।

लक्ष्मी र जीवन ‘रियल जोडी’को अभिनय रहेका ‘जेल पनि सहुँला’, ‘भन साँइला’ लगायत थुप्रै गीतलाई दर्शकले रुचाएका छन् ।

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्