१३ असार २०८३, शनिबार

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । 

थापालाई मंगलवार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । 

राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत थापा प्रमुख भूमिकामा रहेका थिए । 

थापा व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न संलग्न आएका छन् । 

कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ । 
 

salt training

कमेन्ट गर्नुहोस्