के आजभन्दा हजारौँ वर्ष पहिले पनि कृत्रिम गर्भाधान र भाडाको आमाजस्ता आधुनिक प्रविधिहरू अस्तित्वमा थिए ? जब राजा पाण्डु आफैँ पत्नीहरूसँग शारीरिक सम्बन्ध राख्न नसक्ने भए, तब उनले कुन्ती र माद्र्रीबाट यस्ता तेजस्वी र शक्तिशाली सन्तान जन्माएका थिए कि जसले संसारकै सबैभन्दा भयानक युद्ध जितेका थिए ।
हामीले सानैदेखि सुन्दै आएका छौँ कि यो केवल एउटा मन्त्रको चमत्कार थियो तर मित्रहरू ! प्राचीन ग्रन्थहरूलाई गहिराइका साथ अध्ययन गर्ने हो भने यसको पछाडि एउटा यस्तो इतिहास, दर्शन र विज्ञान लुकेको पाइन्छ, जसलाई सुनेर आजका ठूलाठूला वैज्ञानिकहरू पनि दङ्ग पर्ने गर्दछन् । आज हामी पाण्डवहरूको जन्मको त्यही भित्री रहस्य खोतल्न जाँदैछौँ, जुन शायद यहाँहरूले यसअघि कहिल्यै सुन्नुभएको थिएन होला ।
हामीमध्ये धेरैलाई लाग्न सक्छ यो केवल एउटा काल्पनिक कथामात्र हो तर यो कथामात्र होइन । आजको भिडियोमा हामी उनै पाण्डवहरूको जन्मप्रकरणलाई इतिहासको कसीमा राख्नेछौँ, दर्शनको गहिराइबाट बुझ्नेछौ र आधुनिक विज्ञानको चश्माले हेर्नेछौँ ।
चाहे इतिहासको नियोग प्रथा भनौँ चाहे दर्शनको प्रतीकवाद वा आधुनिक विज्ञानको वंशविज्ञान र नयाँ प्रजनन प्रविधि पाण्डवहरूको जन्मप्रकरणले के प्रमाणित गर्दछ भने हाम्रा पूर्वजहरूसँग सृष्टिको नियम र प्रविधिको गहिरो ज्ञान थियो, जसलाई तत्कालीन भाषामा मन्त्र र देवताको संज्ञा दिने गरिन्थ्यो भने आजको भाषामा त्यसलाई विज्ञान र प्रविधि भन्ने गरिएको छ ।
पाण्डवहरूको जन्मकथा केवल एउटा दन्त्य कथामात्र होइन, बरू यो त हाम्रा पूर्वजहरूको त्यो उन्नत सोध प्रविधिको प्रमाण हो, जहाँ ऐतिहासिक कानून, दर्शनको संस्कार र विज्ञानको प्रविधि एउटै विन्दुमा भेटिन्छ । जसलाई हिजोको समाजले देवताको वरदान भनेको थियो, आजको विज्ञानले त्यसलाई वंशविज्ञान र आधुनिक चिकित्साको नाम दिएको छ । हाम्रा प्राचीन ग्रन्थहरू रहस्यको यस्तो महासागर हुन्, जहाँ जति खोज्यो त्यति नै नयाँ सत्य बाहिर आउने गर्दछ ।