२१ असार २०८३, आइतबार

पोर्चुगलको जङ्गलमा डढेलोे, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय

असार २०, २०८३
काठमाडौं
पोर्चुगलको जङ्गलमा डढेलोे, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय

पोर्चुगलको उत्तरी भागमा फैलिएको जङ्गलको आगो नियन्त्रण गर्न शनिबार एक हजारभन्दा बढी दमकलकर्मीलाई तैनाथ गरिएको छ।

देश अत्यधिक गर्मीको सामना गरिरहेको समय जङ्गलको ठूलो क्षेत्रमा डढेलो फैलिँदा तापक्रम बढ्ने जोखिम थप बढेको छ।

केही ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमानका बीच बुधबार भिसेउ जिल्लामा सुरु भएको यो आगोले अहिलेसम्म १० हजार (२५ हजार एकड) क्षेत्र जलाएको उद्धारमा तैनाथ अधिकारीले बताएका छन्।

जङ्गली आगो नियन्त्रण गर्न उक हजार १०० दमकलकर्मी, ३८० वटा दमकल गाडी र आठ वटा विमान तथा हेलिकोप्टरले सहयोग गरिरहेका छन्।

डढेलोे नियन्त्रण गर्न पोर्चुगलले युरोपेली सहयोग मागेपछि स्पेनको सैन्य टोलीले पनि डढेलो निभाउन सहयोग गरिरहेको छ ।

डढेलोमा परी अहिलेसम्म ९ जना घाइते भएका छन्, जसमध्ये दुई सर्वसाधारणको अवस्था गम्भीर छ।

सुरक्षाका लागि सरकारले जङ्गल क्षेत्रमा प्रवेश निषेध गर्नु र ग्रामीण क्षेत्रमा केही प्रकारका मेसिनरी प्रयोगमा प्रतिबन्ध लगाउनुजस्ता विशेष उपायहरू अपनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्