
फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माइ पे वालेट) बीच क्यु आर भूक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा फस्ट पे टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजाल र स्मार्ट कार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले हस्ताक्षर गरेका छन् ।
यसै सम्झौता पश्चात् नेपाली व्यवसायीहरुले स्मार्ट कार्ड (माइ पे वालेट) सँग आवद्ध भई वस्तु तथा सेवा प्रदान गरेवापतको रकम क्युआर कोर्ड प्रयोग गरी वी च्याट पे, यूनियन पे, खल्ती, आइएमइ पे, क्यू पे, प्रभु पे स्मार्ट क्युआर लगायतका वालेटहरूतथा अन्य मोबाइल बैकिंङ् एप्सबाट भूक्तानी लिन सक्नेछन् ।
पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको माइ पे वालेटले हाल विभिन्न अफर तथा सुविधाहरूदिइरहेको छ ।
फस्ट पे सँगको सम्झौता पछि ग्राहक महानुभावहरुलाई सेवा दिन थप सहज भएको र ग्राहक महानभावहरुलाई पनि थप सुविधा पुग्ने विश्वास लिएको स्मार्ट कार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मेहताले बताए ।
फस्ट पे नेटवर्कले विदेशी तथा स्वदेशी वालेटहरूतथा मोबाइल बैकिंङ् एप्सबाट क्युआर कोर्ड प्रयेग गरी भूक्तानी लिने संयन्त्र सञ्चालन गर्दै आइरहेको छ ।
यस नेटर्कले करिब ४६ वटा अन्तराष्ट्रिय वालेटहरुबाट नेपालमा भूक्तानी लिन सकिने व्यवस्था गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको फस्ट पे टेक्नोलोजीका कार्यकारी प्रमुख सौरभ रिजालले जानकारी गराएका छन् ।