१२ असार २०८३, शुक्रबार

लोकगायक गुरुङलाई १ लाखसहित ‘संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान

लोकगायक गुरुङलाई १ लाखसहित ‘संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान

वरिष्ठ लोकगायक अमर विरही गुरुङलाई १ लाख रुपैयाँसहित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितलनिवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नगद र ताम्रपत्रसहित पुरस्कार प्रदान गरेको हो । 

लोक दोहोरीको विकास तथा विस्तारमा समर्पित रही नेपाली लोकसंगीतको श्रीवृद्धिमा उल्खेख्य योगदान पुर्‍याएबापत पुरस्कार प्रदान गरिएको जनाइएको छ । गुरुङ लोकदोहोरी कलाकारको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिष्ठानले संगीत तथा नाट्य क्षेत्रका अन्य ५ जना स्रष्टालाई समेत पुरस्कृत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्