
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।
मात्र १ हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सावाँमा गाभी एकमुष्ट रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्नेछन् ।