पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
झण्डै डेढ महिनादेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।
नुवाकोटको सिसडोल र बञ्चरे डाँडा आसपासका स्थानीयको विरोधका कारण फोहोर बिसर्जन हुन नसकेको हो ।
यसबीचमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भएपनि स्थानीयले अवरोध जारी राखेका छन् ।
किन आन्दोलित भए त्यहाँका स्थानीय ? यो प्रश्नको जवाफ जान्न सबैभन्दा पहिले बञ्चरे डाँडा र सिसडोलबारे जान्नुपर्ने हुन्छ ।
के हो बञ्चरेडाँडा ? कसरी पुग्यो डम्पिङ साइट ?
बञ्चरेडाँडा डाँडाको खोँचमा रहको गहिरो ठाउँ हो । यसको पासैबाट कोल्पुखोला बग्छ । २०५२ सालमा काठमाडौंको मूलपानीस्थित डम्पिङ साइट भरियो । त्यसपछि फोहोर फाल्ने ठाउँको खोजी भयो ।
विभिन्न प्रस्तावहरू आए । त्यही प्रस्तावहरू मध्येको एक प्रस्ताव नुवाकोटको बञ्चरेडाँडा हो ।
यस ठाउँको पहिचान भएपश्चात काठमाडौंका तत्कालीन मेयर पीएल सिंह र तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलले बञ्चरेडाँडाको अवलोकन गरे र स्थानीय बासिन्दासँग समन्वय पनि भयो ।
पीएल सिंहको कार्यकाल सकिएपछि केशव स्थापित मेयर बने । स्थापितले पनि बञ्चरेडाँडामा डम्पिङ साइट बनाउन पूर्वाधार निर्माणको काम अघि बढाउन सकेनन् ।
त्यसबीचमा जाइकासँगको सहकार्यमा दीर्घकालीन रूपमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा साइट निर्माण गर्ने सहमति भएको थियो ।
अनि सिसडोलचाहिँ के हो ?
सिसडोल बञ्चरेडाँडाबाट करीब दुई किलोमिटर दुरीमा पर्ने ठाउँ हो । बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्म अस्थायी रूपले त्यहाँ फोहोर फाल्न त्यहाँका स्थानीयवासी र सरोकारवाला निकाय (फोहोरमैला व्यवस्थापन केन्द्र, काठमाडौं महानगर, तत्कालीन ललितपुर उपमहानगर र ओखरपौवा ल्यान्डफिल साइट समन्वय समितिबीच सम्झौता भएको थियो ।
सम्झौतामा तीन वर्षसम्म मात्र फोहोर सिसडोलमा फाल्ने र त्यो पनि दैनिक ३ सय टन मात्र फाल्ने भनिएको थियो । त्यही सम्झौताअनुसार सिसडोलमा फोहोर फाल्न शुरू भयो । सरकार फेरियो । विभिन्न पार्टीका सरकार आए । विभिन्न व्यक्तिहरू मन्त्री भए तर सम्झौताअनुसार बञ्चरेडाँडा साइट निर्माणको काम भएन । सिसडोलमा थुप्रिएको फोहोरको पहाड नै ठडिसक्दा पनि बञ्चरेडाँडा साइट निर्माण पूरा गर्न सरकारले पटक्कै ध्यान दिएन।
स्थानीयवासीका अनुसार शुरूका केही महिना व्यवस्थित ढंगले फोहोरमैला बिसर्जन हुने गरेको थियो र फोहोर फाल्ने ठाउँको सरसफाइमा पनि ध्यान दिइएको थियो । तर केही महिनापछि जथाभावी फोहोरमैला फालिदिँदा डम्पिङ साइट(सिसडोल) नजिक मात्र होइन, वरपरका गाउँ हालको ककनी गाउँपालिका (नुवाकोट)को वडा न. १, २, ३ र धुनीबेशी नगरपालिका (धादिङ)को केही वडाको गाउँमा समेत दुर्गन्ध फैलिन थाल्यो ।
कुकुर र चिलहरूले फोहोरको डुंगुरबाट सिनो ल्याएर गाउँबस्ती दुर्गन्धित र प्रदूषित पार्न थाले। फोहोरबाट रसाउने दूषित पानी त्यहाँको खानेपानी स्रोतमा मिसियो र सिसडोल र छिमेकी गाउँमा झाडापखाला फैलिन थाल्यो। केहीको ज्यान पनि गयो । यसबीचमा १७ जनाको फोहोरका ट्रकले किचेर भएको मृत्यु भएको र ३५ जनाको क्यान्सरलगायतका रोगबाट मृत्यु भएको स्थानीय बताउँछन् ।
सम्बन्धित निकायहरूको अपरिपक्वता
सरकारले परीक्षणका रूपमा तीन वर्ष मात्र फोहोर फाल्ने भनिएको सिसडोलमा फोहोरको पहाड बन्दै गयो र त्यहाँ दैनिक आठ सय मेट्रिक टनसम्म फोहोर खन्याउन थालियो । यो फोहोरको पहाड माटोले छोपछाप पार्ने र त्यसमाथि रुखबिरूवा रोपेर पार्क बनाउने भनिएको थियो, तर सम्झौताविपरीत नै सिसडोलको फोहोर व्यवस्थापन नगरी बञ्चरेमा फोहोर बिसर्जन गर्न थालियो र त्यहाँका जनताको मागलाई बेवास्ता गरियो ।
यही शृङ्खलाका बीच काठमाडौं महानगरपालिकामा फेरि केही हप्तादेखि फोहोर उठ्न छाडेको छ । फोहोर नउठ्नुको मूल कारण हो, विगत सत्र वर्षदेखिको अव्यवस्थित फोहोरको समस्या । यसले गर्दा स्थानीयबासीले वर्षौंदेखि पटकपटक आन्दोलन गरे । अव्यवस्थित फोहोरकै कारण स्थानीय वातावरण, स्वास्थ्य, त्यहाँको दैनिक जीवनयापनमा गम्भीर समस्या देखापरिरहेको छ ।
राज्यले पटक-पटक सम्झौता गरे पनि पूरा गरेको छैन । केही दिनअघि मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच सम्झौता भयो तर, फेरि राज्यले स्थानीयको आवाज दबाएर जबरजस्ती गर्न खोजेको छ । नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने हक पनि खोसिँदै छ ।
यस समस्याको समाधानभन्दा पनि हिंसातिर गइरहेको प्रस्टै देखिन्छ । विभिन्न मुद्दाहरूमा आवाज उठाउने वातावरण संरक्षणका अभियन्ताहरू पनि यस्ता कुरामा चुप छन् । अब केन्द्रीय सरकारबाटै यस समस्याको उपाय खोजे मात्रै काठमाडौं महानरपालिकाको फोहोर दीर्घकालीन रूपमा बञ्चरे डाँडामा व्यवस्थापन गर्न सकिएला ।
(लेखक धादिङका स्थायी बासिन्दा हुन् ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...