१२ साउन २०८३, मंगलबार

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा शुल्क नलाग्ने

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा शुल्क नलाग्ने

लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी टिकटमा लाग्ने शुल्क नलिने व्यवस्था गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपिडी टिकटमा शुल्क नलिने नीति अवलम्बन गरेको बताए ।

यस वर्षको बजेटमा यी अस्पतालमा ओपीडी टिकटमा शुल्क नलिने निर्णय गरेसँगै १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कलेजमा स्तरोन्नति गर्न संघ सरकारसँग समन्वय गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्