असार १२, २०७९
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गर...
काठमाडाैं | असार ६, २०७९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डमा आज आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताएका हुन् ।
प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय सरकारसँग समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि कक्षा कोठाको सुधार, परीक्षा प्रणालीमा सुधार, शिक्षण सिकाइ, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली एवं मूल्याङ्कनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षा प्रदान गर्नेबारेमा मन्त्री पौडेलबाट विभिन्न कोणबाट चर्चा गर्दै निर्देशन भएको बताए । उनका अनुसार कक्षा ८ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको विविध प्रश्नावली निर्माण, प्रश्नपत्र प्रवद्र्धीकरण गर्न देशभरका सबै पालिकाका जिल्ला समन्वय अधिकारी, स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरु, बोर्डका पदाधिकारीहरुलगायत पाठ्यक्रम एवं परीक्षासँग जिम्मेवार निकायका व्यक्तिहरु भौतिक तथा भर्चुअलबाट सहभागी रहेको कार्यक्रममा प्रश्नपत्र कसरी निर्माण गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।
बोर्डका अध्यक्ष शर्माले कक्षा ८ का विज्ञान, गणित र अङ्ग्रेजी विषयका छनोट गरिएका शिक्षकलाई कसरी प्रश्नपत्र निर्माण गर्नेबारेमा प्रशिक्षण गर्ने बताए ।
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गर...
काठमाडौं स्कुल अफ ल विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रिया पूरा गरी प्रत्यायनकृत हुने नेपालको पहिलो कानुन कलेज बनेको छ । नेपालमा उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्त...
कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रि...
देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ ।&...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका...
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले विजय घलानलाई १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले बिहीवार एक कार्यक्रम गरी एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत पालिका–२ घर भएका घलानलाई जेहेन्दार...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...