१० साउन २०८३, आइतबार

राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनीको अधिवेशन विवादमा तानियो

राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनीको अधिवेशन विवादमा तानियो

गत जेठमा सम्पन्न राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल लुम्बिनी प्रदेशको अधिवेशन बदर गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पेश गरी गत जेठ ३० सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी उपर कारबाही गरी पुनःअधिवेशन गर्ने वातावरण बनाइदिन माग गरिएको हो ।

महासङ्घको दाङ जिल्लामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अधिकारी उपर कारबाही गर्न अधिवेशन नै बदर गर्न माग गर्दै रुपन्देहीको सैनामैना नगरपालिका–८ का नेत्रहीन सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासिनीले निवेदन दर्ता गराएका हुन् ।

अध्यक्षसहित विभिन्न पदमा नेपाल सरकारको सेवा सुविधा लिने शिक्षक निर्वाचित भएको भन्दै निर्वाचन प्रक्रिया रद्द गर्न माग गरिएको छ । सालझण्डी माविका प्राथमिक तहको स्थायी शिक्षक रहेका अध्यक्षमा निर्वाचित अधिकारीसहित अन्य पदमा स्थायी शिक्षक निर्वाचित भएकाले निर्वाचन बदरको माग गरिएको हो । 

शिक्षा ऐन, २०२८ मा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन, काम वा कुनै व्यावसायिक क्रियाकलप गर्न नहुने व्यवस्था रहेको र शिक्षा नियमवयाली, २०५८ को  परिच्छेद २२ मा शिक्षक तथा विद्यार्थीको आचारसंहिता विपरीत रहेको भन्दै कारवाहीको माग गरिएको छ ।

निर्वाचनका समयमा विरोध गर्दागर्दै पनि निर्वाचन समितिले सुनुवाइ नगरेका कारण प्रशसानले अध्यक्ष अधिकारीलाई कारबाही गरी महासङ्घको प्रदेश अधिवेशन पुनः गराउन मरासिनीले माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्