
नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई जिम्मेवारी दिएको छ ।
पार्टीको विसं २०७८ चैत १५ गतेको निर्णयअनुसार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीका दुई भ्रातृ संस्था नेपाल किसान सङ्घको अध्यक्षमा तिमिल्सिना र आदिवासी जनजाति सङ्घको अध्यक्षमा घर्तीमगरलाई नियुक्त गरेका हुन् ।
सभापति देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित० को धारा, ४२ ९१० ९च० बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका दुई भ्रातृ संस्थाको अध्यक्ष नियुक्त गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।