
त्रिवि सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । विभिन्न सेवा, समूह र श्रेणी अन्तरगतका प्रशासनिक तथा प्राविधिक पदहरुको विज्ञापनमध्ये २०७७ माघ २५ देखि फागुन २७ सम्म र २०७८ कात्तिक २८ देखि मंसिर १६ सम्म सञ्चालित परीक्षाका नतिजा प्रकाशित भएको हो ।