२९ असार २०८३, सोमबार

गैंडाको खाग तस्करीको आरोपमा दुई जना पक्राउ

गैंडाको खाग तस्करीको आरोपमा दुई जना पक्राउ

गैंडाको खाग तस्करी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार  प्रहरीले तस्करीको आरोपमा रामकुमार प्रजा र बम बहादुर प्रजालाई प्रहरीले पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका–१० घर भएका ४१ वर्षीय रामकुमारलाई असार १३ मा मकवानपुर पक्राउ परेका थिए । एआईजी सुवेदीकाअनुसार कालिका नगरपालिका–९ घर भएका ४३ वर्षीय बमबहादुर प्रजा असार १६ मा धादिङको मलेखुबाट पक्राउ परेका हुन् ।

२०७७ कात्तिकमा उनीहरूले प्रतिव्यक्ति ४ वटा गैंडा मारेको चितवन राष्ट्रिय निकुञ्जले गरेको अनुसन्धानबाट थाहा भएको थियो । आरोपीहरुलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइने निकुञ्जको कार्यालयले जनाएको छ ।

यसअघि गैंडा मारेर खाग तस्करी गरेको कसुरमा रामकुमार प्रजा १० वर्ष जेल बसेर छुटेका हुन् । उनी २०६० देखि ०७० सालसम्म जेल बसेर रिहा भएका हुन् । बमबहादुर प्रजा २०६० देखि ०७५ सालसम्म १५ वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनीहरु फेरि गैंडा शिकार गरेर खाग बेच्ने धन्दामा सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्