२५ असार २०८३, बिहीबार

हैन, साँच्चिकै बन्द हुन लागेको हो द कपिल शर्मा शो ?

कात्तिक २०, २०७४
हैन, साँच्चिकै बन्द हुन लागेको हो द कपिल शर्मा शो ?

काठमाडौं, ९ साउन — कपिल शर्माको शो बन्द हुन सक्ने हल्ला धेरै दिनदेखि चलिरहेकै छ । हालै प्रकाशित एक समाचार पत्याउने हो भने त बन्द हुने ठोस कारण पनि छ ।


स्पटब्वोएको खबर अनुसार सोनी च्यानलले कपिलसँगको सम्झौता नवीकरण गर्ने मूड पटक्कै बनाएको छैन ।

कपिलको शोको सम्झौता गत अप्रिलमै नवीकरण हुनुपर्ने भएपनि तीन महिना बितिसक्दा अझै भएको छैन ।

शोको टीआरपी लगातार घटिरहेको र कपिल शर्मा पनि लगातार बिरामी परिरहेको अवस्थामा सोनी नवीकरण गर्न हच्किएको बुझिएको छ ।

विगत दुई महिनामा कपिल सेटमै तीनचोटि बेहोश भइसकेका छन् । कपिलकी दिदीले त भाइ डिप्रेसनको शिकार भएको खुलासा नै गरिन् ।

द कपिल शर्मा शोलाई सोनी च्यानलले बडो आशा र योजनाका साथ लन्च गरेको थियो । यो शोले च्यानलको लोकप्रियता पनि बढाएको छ । यस्तोमा सोनीले शो बन्द नै गर्ने आँट गर्ला कि कुनै नयाँ योजना वा डील बनाउँदैछ यसै भन्न सकिँदैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्