×

NMB BANK
NIC ASIA

पहिलो वार्षिक दराज समिट सम्पन्न

असार २४, २०७९

NTC
Premier Steels

पहिलो वार्षिक दराज समिट सम्पन्न भएको छ । नेपालको अग्रणी अनलाइन बजार दराजले असार १९ मा राजधानीको याक एण्ड यतिमा समिट सम्पन्न गरेको हो । एक दिनको उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरु सहित तीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताइन् । सोही सन्दर्भमा उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि बताइन् । 
तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेका थिए। 

Muktinath Bank


छलफलमा सहभागी प्यानलमा गुरुप्रसाद पौडेल, राष्ट्र बैंक; अम्बिका श्रेष्ठ, द्वारिकाज होटल; ओमेश लाल श्रेष्ठ, सी एह एस सोलुसन र सिल्भर लाइनिङ; र विमल अर्याल, दराज नेपाल, सुरेश श्रेष्ठ, उद्योग विभाग; शंकर उप्रेती, हाम्रो पात्रो; आयुष श्रेष्ठ, क्लाउड फ्याक्ट्री; र सन्तोष पाण्डे, ओहो केक एण्ड अफरिङ ह्याप्पिनेस गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; दिलीप अग्रवाल, वर्ल्डलिंक कम्युनिकेसन्स; सञ्जीव सुब्बा, नेपीएस र आँचल कुँवर, दराज नेपाल, रहेका थिए।
कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथि तथा सहभागीहरूलाई सम्पूर्ण संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गरे । 
विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको छ । स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १५,००० भन्दा बढी बिक्रेताहरू, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको छ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x