३१ असार २०८३, बुधबार

यस्तो लक्षण देखियो ? भिटामिन बी१२ को कमी हुन सक्छ

असार २८, २०७९
यस्तो लक्षण देखियो ? भिटामिन बी१२ को कमी हुन सक्छ

भिटामिन बी१२ एक एसेन्शियल न्यूट्रिएन्ट हो ।  शरीर र दिमागका लागि यो निकै आवश्यक पर्छ ।

वयस्क उमेर समूहले एक दिनमा २.४ एमसीजी भिटामिन बी१२ डोज लिनुपर्ने चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।

यसको कमी हुँदा केकस्ता लक्षण देखिन्छन्?

भिटामिन बी१२ को कमीका कारण थकान महशुस हुन सक्छ । साथमा शरीरमा अक्सिजनको समेत कमी हुन जाने चिकित्सकहरू बताउँछन् ।

भिटामिन बी१२ को कमीले रेड ब्लड सेल्सको कमी हुन सक्छ । जसकारण एनीमिया हुन सक्ने बताइएको छ ।

वयस्क तथा बच्चाको टाउको दुखाइको कारण पनि भिटामिन बी१२को कमी हुन सक्छ । तर यो सामान्य लक्षण भएको बताइन्छ ।

भिटामिन बी१२को कमीले मानसिक स्वास्थ्यमा समेत असर गर्न सक्छ । यसको कमीले मानिस डिप्रेशनमा जान सक्ने चिकित्सकहरू बताउँछन् ।

यो लेख सामान्य जानकारीका लागि हो । यसबारे अतिरिक्त जानकारीका लागि चिकित्सकहरूसँग सल्लाह लिनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्