०७ साउन २०८३, बिहीबार

कर्णाली प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

कर्णाली प्रदेश अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

प्रदेश अस्पताल विकास समितिको अध्यक्ष पदमा प्रेमबहादुर घले नियुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषद्को गत बुधवार बसेको बैठकले अध्यक्ष घलेसहित ४ जना सदस्यलाई विकास समितिमा नियुक्त गरेको हो । 

प्रदेश अस्पताल विकास समितिका सदस्यमा क्षेत्रमणि गिरी, केशर रोकाया, टोपबहादुर रास्कोटी र निर्मला शर्मा नियुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पदाधिकारीको कार्यकाल ४ वर्षको हुनेछ । सुर्खेतस्थित प्रदेश अस्पताल प्रदेश सरकार मातहतमा सञ्चालित छ । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सत्ता साझेदार दलहरूबीच सहमति जुटाएर जिल्ला अस्पतालमा पनि पदाधिकारी नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।

मंगलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्व मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्