०७ साउन २०८३, बिहीबार

बीमा र धितोपत्रसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ७, २०८३
काठमाडौं
बीमा र धितोपत्रसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा फरार रहेका मनोजनाथ रिमाललाई काठमाडौं महानगरपालिका–७ सिफलबाट प्रहरीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार रिमाल बीमा ऐन, २०७९ तथा धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी हुन् । उनलाई पक्राउ गरी थप कानूनी कारबाहीका काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम श्रेष्ठका अनुसार रिमाललाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्