१२ असार २०८३, शुक्रबार

गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा समर्पित गीत सार्वजनिक

गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूमा समर्पित गीत सार्वजनिक
प्रतिकात्मक तस्वीर

अँध्यारोबाट उज्यालोतर्फ डोर्‍याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत 'गुरु तिमी हाम्रा मार्गदर्शक...' सार्वजनिक भएको छ ।

गुरुपूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो । 

गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भुपेन्द्र रायमाझीको संगीत र बिक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ । 

आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।  

गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ । 

भिडियो -

salt training

कमेन्ट गर्नुहोस्