१४ असार २०८३, आइतबार

राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न  १६ करोडको ‘डिपिआर’

राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न  १६ करोडको ‘डिपिआर’

गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

चालु आवमा वडाले दिएको रु तीन लाख बजेटबाट ‘डिपिआर’ बनाइएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले जनाएको छ । ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ले ‘डिपिआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए।

“डिपिआरमा रु १६ करोडको लागत अनुमान छ, त्यो बढेर २० करोडसम्म पुग्न सक्छ”, उनले भने, “अब लगानीका स्रोत जुटाएर पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउँछौँ ।” ‘डिपआर’मा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना समेटिएका छन् । अध्यक्ष थापाका अनुसार १७ रोपनी क्षेत्रफलमा संरचना बनाइनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्