०७ साउन २०८३, बिहीबार

खेम सेञ्चुरीका एकैदिन दुईवटा तीज गीत रिलिज

खेम सेञ्चुरीका एकैदिन दुईवटा तीज गीत रिलिज

तीज आउन डेढ महिना बाँकी छ । युट्युबमा भने केही साता अघिदेखि नै तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । सार्वजनिक मात्र होइन्, बजारमा तीज गीतहरू घन्किन समेत थालिसकेका छन् । 

साउन लागेसँगै तीज गीत सार्वजनिक हुने क्रम अझ बढेको छ । साउनको पहिलो दिन आइतवार आधा दर्जन बढी तीज गीतहरू सार्वजनिक भएका छन् । गायक एवं सर्जक खेम सेञ्चुरीका मात्रै आइतवार एकैदिन दुईवटा तीज गीत सार्वजनिक भएका छन् । 

उनको संगीत, स्वर एवं अभिनयमा ‘छोरीको मर्म’ बोलको तीजगीत सार्वजनिक भएको छ । यो गीत बालगायिका कमला घिमिरेको ‘लरीलरी लै’ भाग ३ का रूपमा ल्याइएको हो । दुई वर्षअघि खेम र कमलाको स्वरमा सार्वजनिक ‘लरीलरी लै’लाई स्रोता दर्शकले निकै रुचाएका थिए । 

नेत्र अर्यालको शब्द रहेको ‘छोरीको मर्म’मा खेम, कमलासँगै जानुका तामाङले स्वर दिएकी छन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा खेम र कमला स्वयंका साथमा सरस्वती फूयाँलको अभिनय छ । 

दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियो विष्णु शर्माको सम्पादनपछि ‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । बालमनोविज्ञानमा केन्द्रित यस गीतले अभिभावकलाई सन्देश समेत प्रदान गरेको छ ।

 

आइतवार सार्वजनिक खेमको अर्को तीज गीत हो, ‘हेरन मायाले’ । खेम र खुश्वु सुनारको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत छ । 

खेम स्वयंमको साथमा मनिषा सुनारको अभिनय एवं नृत्य रहेको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । जेरी भण्डारीको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन, मनोज कार्कीले सम्पादन गरेका हुन् । 

गीत मायाप्रेममा आधारित छ । सर्जक एवं गायक खेमका अन्य केही तीज गीतहरू समेत सार्वजनिक भइसकेका छन् । यसवर्ष पनि उनी तीजगीतमा सर्वाधिक व्यस्त देखिएका छन् । अन्य थुप्रै तीजगीतहरू आउने क्रममा रहेको उनले बताएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्