×

NMB BANK
NIC ASIA

खेम सेञ्चुरीका एकैदिन दुईवटा तीज गीत रिलिज

साउन १, २०७९

NTC
Premier Steels

तीज आउन डेढ महिना बाँकी छ । युट्युबमा भने केही साता अघिदेखि नै तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । सार्वजनिक मात्र होइन्, बजारमा तीज गीतहरू घन्किन समेत थालिसकेका छन् । 

Muktinath Bank

साउन लागेसँगै तीज गीत सार्वजनिक हुने क्रम अझ बढेको छ । साउनको पहिलो दिन आइतवार आधा दर्जन बढी तीज गीतहरू सार्वजनिक भएका छन् । गायक एवं सर्जक खेम सेञ्चुरीका मात्रै आइतवार एकैदिन दुईवटा तीज गीत सार्वजनिक भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको संगीत, स्वर एवं अभिनयमा ‘छोरीको मर्म’ बोलको तीजगीत सार्वजनिक भएको छ । यो गीत बालगायिका कमला घिमिरेको ‘लरीलरी लै’ भाग ३ का रूपमा ल्याइएको हो । दुई वर्षअघि खेम र कमलाको स्वरमा सार्वजनिक ‘लरीलरी लै’लाई स्रोता दर्शकले निकै रुचाएका थिए । 


Advertisment
Nabil box
Kumari

नेत्र अर्यालको शब्द रहेको ‘छोरीको मर्म’मा खेम, कमलासँगै जानुका तामाङले स्वर दिएकी छन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा खेम र कमला स्वयंका साथमा सरस्वती फूयाँलको अभिनय छ । 

Vianet communication

दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियो विष्णु शर्माको सम्पादनपछि ‘शुभारम्भ डिजिटल म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । बालमनोविज्ञानमा केन्द्रित यस गीतले अभिभावकलाई सन्देश समेत प्रदान गरेको छ ।

 

आइतवार सार्वजनिक खेमको अर्को तीज गीत हो, ‘हेरन मायाले’ । खेम र खुश्वु सुनारको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत छ । 

खेम स्वयंमको साथमा मनिषा सुनारको अभिनय एवं नृत्य रहेको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । जेरी भण्डारीको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन, मनोज कार्कीले सम्पादन गरेका हुन् । 

गीत मायाप्रेममा आधारित छ । सर्जक एवं गायक खेमका अन्य केही तीज गीतहरू समेत सार्वजनिक भइसकेका छन् । यसवर्ष पनि उनी तीजगीतमा सर्वाधिक व्यस्त देखिएका छन् । अन्य थुप्रै तीजगीतहरू आउने क्रममा रहेको उनले बताएका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x