
उच्च रक्तचाप अर्थात् ‘हाई ब्लड प्रेसर’ पछिल्लो समय धेरैको समस्या बनेको छ । उच्च रक्तचाप अहिले अधिकांशको शारीरिक समस्या बनेको छ । चिकित्सकहरूले पानी पिएर पनि ब्लड प्रेसर नियन्त्रण गर्न सकिने बताएका छन् ।
उच्च रक्तचापलाई बेवास्ता गर्नु घातक हुनसक्छ । खराब जीवनशैली उच्च रक्तचापको कारण हुने भन्दै चिकित्सकहरूले त्यस्तो समस्या भएका मानिसहरूलाई जीवनशैलीमा परिवर्तन गर्न सुझाव दिन्छन् । सामान्यतया ब्लड प्रेसर १२०/८० एमएमएचजी हुन्छ । १२० देखि १४० ‘सिस्टोलिक’ तथा ८० देखि ९० ‘डायस्टोलिक’ बीचको रक्तचापलाई ‘प्रि हाइपरटेन्सन’ मानिन्छ । १४०/९० भन्दा बढीलाई उच्च रक्तचाप मानिन्छ ।
उमेरअनुसार यसको रेखा परिवर्तन हुनसक्छ । अनुसन्धानको रिपोर्ट अनुसार भारतमा लगभग ३० प्रतिशत युवाहरू उच्च रक्तचापबाट पीडित छन् । त्यसमध्ये पछि ३४ प्रतिशत शहरी र २८ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरू पर्दछन् । महिलाहरू भन्दा ३ प्रतिशत बढी पुरुषहरूमा उच्च रक्तचापको समस्या देखिएको छ ।
उच्च रक्तचापको मतलव मुटुलाई शरीरको चारैतर्फबाट रगतले उच्च गतिमा पम्प गर्नु हो । यसले गर्दा रगतको दबाब बढ्छ । यसले मुटु, मिर्गौला, आँखा, मस्तिष्क तथा शरीरका अन्य केही अंगहरूमा पनि दबाब बढाउँछ । यसले शरीमा विभिन्न प्रकारका समस्याहरू निम्त्याउँछ ।
हालै एक चिकित्सकले पानी पिउँदा पनि उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।
कति पानी पिउँदा उच्च रक्तचाप कम गर्न सकिन्छ ?
‘द मिरर’ का अनुसार इंग्ल्याण्डका डाक्टर मोनिका वासरम्यानले आफूले आफ्ना उच्च रक्तचापसम्बन्धी समस्या भएका बिरामीलाई दैनिक ८ गिलास पानी पिउने सल्लाह दिने गरेको बताएकी छन् । पानीले रगतलाई डिटाक्सीफाई गर्न (टक्सिनको बाहिर निकाल्न) मद्धत गर्दछ । पानीले अतिरिक्त सोडियमलाई समेत शरीरबाट बाहिर निकाल्दछ । सोडियमले रक्तचाप बढाउन मद्धत गर्दछ ।
यदि तपाईं दैनिक ८ गिलास पानी पिउनुहुन्छ भने यसको मतलव २ लिटरभन्दा धेरै पानी पिउनुहुनेछ । यसले शरीरमा रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्ने चिकित्सकहरूको दाबी छ ।